Saturday, January 27, 2018

अन्टार्कटिका सम्बन्धी बस्तुगत प्रश्नोत्तर

विश्वको पाँचौ ठूलो महादेश कुन हो ? – अन्टार्कटिका
अन्टार्कटिका महादेशले विश्व भूक्षेत्रको कति प्रतिशत भूभाग ओगटेको छ ? – ९.३८ प्रतिशत
अन्टार्कटिका महादेशको अक्षांशीय फैलावट कति छ ? – ६६° दक्षिणी अक्षांशदेखि ९०° दक्षिणी अक्षांशसम्म
अन्टार्कटिका महादेशको देशान्तरीय फैलावट कति छ ? – ११४° पूर्वी देशान्तरदेखि १५३° पूर्वी देशान्तरसम्म
प्रायः वर्षभरि नै हिउँ जमिरहने महादेश कुन हो ? – अन्टार्कटिका
मानव वसोवास नभएको जनशून्यको महादेश भनेर कुन महादेशलार्ई चिनिन्छ ? – अन्टार्कटिका
अन्टार्कटिका महादेशको पश्चिममा प्रशान्त महासागर, पूर्वमा आन्ध्र महासागर, क्यारेवियन सागर तथा पानामा जलसंयोजक छ भने दक्षिणमा कुन जल संयोजक रहेको छ ? – डेक

अष्ट्रेलिया महादेश सम्बन्धी बस्तुगत प्रश्नोत्तर

विश्वको सबैभन्दा सानो महादेश कुन हो ? – अस्टे«लिया
अष्ट्रेलिया महादेशले पृथ्वीको कूल स्थल भागको कति प्रतिशत भूभाग ओगटेको छ ? – करिब ५.१५ प्रतिशत
अष्ट्रेलिया महादेशको पूर्वपश्चिम सरदर लम्बाइ कति छ ? – ३९०० किलोमिटर
अष्ट्रेलिया महादेशको उत्तरदक्षिण सरदर चौडाइ कति छ ? – ३१५० किलोमिटर
अष्ट्रेलिया महादेशको सबैभन्दा ठूलो मरुभूमि कुन हो ? – ग्रेट भिक्टोरिया
अष्ट्रेलियाको दक्षिणी पूर्वमा अवस्थित देश न्यूजिल्यान्डलाई के भनी चिनिन्छ ? – दक्षिणको ब्रिटेन
– ‘विचित्रताको महादेशभनी कुन महादेशलाई चिनिन्छ ? – अस्टे«लिया
अष्ट्रेलियाको दक्षिण भाग (सन् १६४२)मा कसले पत्ता लगाएका हुन् ? – एबेल तस्मान
भौगोलिक दृष्टिले अष्ट्रेलियामा कति राष्ट्र रहेका छन् ? – १४ राष्ट्र
अष्ट्रेलिया महादेशको ठूलो नुनिलो पानीको ताल कुन हो ? – आइरा ताल

यूरोप

सम्पूर्ण महादेश उत्तरी गोलाद्र्धमा रहेको यसको अवस्थिति ३६ डिग्रीदेखि ७१ डिग्री उत्तरी अक्षांशसम्म र २० डिग्री पश्चिमी देशान्तरदेखि ६५ डिग्री पूर्वी देशान्तरसम्म फैलिएको छ । 
उत्तर दक्षिण दूरी ४८०० कि.मि. र पूर्व पश्चिम दूरी ६४०० कि.मि. रहेको यो महादेशमा ४७ राष्ट्रहरू रहेका छन् जस मध्ये १८ भूपरिबेष्ठित राष्ट्रहरू समेत पर्दछन् । 
प्रमुख तालहरू भ्यानेर्न, भेइटर्न, ओनेगा, ल्याडोगा 
महादेशको सबैभन्दा ठूलो ताल क्यास्पियन सागर (यूरोप र एसियामा अवस्थित यसको क्षेत्रफल ३,७१,००० वर्ग कि.मि. रहेको छ) 
यूरोप महादेशको सबैभन्दा ठूलो देश रुस र सानो (बिश्वकै) देश भ्याटिकन सिटी हो । जनसंख्याको आधारमा ठूलो देश जर्मनी हो । 
यूरोपमा पर्ने दोहोरो भूपरिबेष्ठित राष्ट्र लिचेस्टाइन हो । यसलाई अष्ट्रिया र स्वीजरल्यान्डले घेरेका छन् ।
यूरोप महादेशको पूर्वमा एशिया, पश्चिममा आन्द्र महासागर, उत्तरमा सुमेरू महासागर र दक्षिणमा भूमध्यसागर पर्दछ । 

दक्षिण अमेरिका सम्बन्धी वस्तुगत प्रश्नोत्तर

क्षेत्रफलको हिसावले चौथो ठूलो महादेश कुन हो ? – दक्षिण अमेरिका
दक्षिण अमेरिका महादेशको अक्षांशीय फैलावट कति छ ? – १२ डिग्री उत्तरी अक्षांशदेखि ५६ डिग्री दक्षिणी अक्षांशसम्म
हब्र्बाड हिमनदी उत्तर अमेरिकामा पर्दछ भने पेरिटो मेरेनो हिमनदी कुन महादेशमा पर्दछ ? – दक्षिण अमेरिका -दक्षिण अमेरिका महादेशमा कति वटा भूपरिवेष्ठित राष्ट्र«हरू छन् ? – २ वटा
 दक्षिण अमेरिकामा रहेको अर्जेन्टिनाको घाँसे मैदानलार्ई के भनिन्छ ? – पेम्पाज-विश्वको सबभन्दा अग्लो ज्वालामूखी ओजेस डेस सलादो” (Ojos del Salado) कुन महादेशमा रहेको छ ? – दक्षिण अमेरिका           
दक्षिण अमेरिका महादेशको देशान्तरीय फैलावट कति छ ? – ३५ डिग्री पश्चिमी देशान्तरदेखि ८० डिग्री पश्चिमी देशान्तरसम्म
दक्षिण अमेरिका महादेशले विश्वको भूक्षेत्रको कति प्रतिशत भाग ओगटेको छ ? – ११.९६ प्रतिशत  (करिब १२ प्रतिशत)

Friday, January 26, 2018

संयुक्त राष्ट्र संघ

परिचयः
अन्तर्राष्ट्रिय रुपमा शान्ति र सूरक्षा कायम राख्दै राष्ट्रहरुकावीच मैत्रिपूर्ण सम्बन्ध कायम राख्ने पवित्र उद्धेश्यले स्थापना भएको अन्तर्राष्ट्रिय संस्था नै संयुक्त राष्ट्र संघ हो । यस संस्थाको स्थापना राष्ट्रसंघ नामक संस्थाको उत्तराधिकारी संस्थाको रुपमा भएको थियो । प्रथम विश्वयुद्धको समाप्ति पश्चात राष्ट्र«संघको स्थापना भएको र यसले आफ्नो उद्धेश्य मुताविक कार्य गर्न नसकेपश्चात दोस्रो विश्वयुद्ध भएको थियो । जुन राष्ट्रसंघको असफलताको रुपमा समेत लिने गरिन्छ । दोस्रो विश्वयुद्धको समाप्ति पश्चात सन् १९४५ अक्टुवर २४ मा संयुक्त राष्ट्रसंघको स्थापना भएको थियो । संयुक्त राष्ट्र«संघमा शुरुमा हस्ताक्षर गर्ने ५० राष्ट्रहरु र पछि तत्कालै हस्ताक्षर गर्ने पोल्यान्ड समेतका ५१ राष्ट्रलाई UNO का संस्थापक राष्ट्र भनिन्छ । अन्तर्राष्ट्रिय शान्ति नै प्रमूख उद्धेश्य लिएको संस्था संयुक्त राष्ट्र संघको वडापत्रमा १९ अध्याय,१११ दफा र १० हजार शब्दहरु रहेका छन् ।

केहि विषयको अध्ययन गर्ने विज्ञान

Toxicology              विषयको प्रकृतिस्वाभाव र शरीरमा त्यसले पार्ने असरवारे अध्ययन गर्ने विज्ञान
एकोस्टिक (Acoustic) ध्वनि प्रसार र ग्रहणबारे अध्ययन गर्ने विज्ञान ।
एनाटोमी (Anatomy)   शरीरको चिरफार गरी यसको संरचनाबारे अध्ययन गर्ने विज्ञान  ।
एस्ट्रोलोजी (Astrology)           ज्योतिषशास्त्र वा नक्षत्रशास्त्रबारे अध्ययन गर्ने विज्ञान ।
एस्ट्रोनोमी (Astronomy)          गणितज्योतिषअन्तरिक्ष पिण्डको अध्ययन गर्ने विज्ञान ।
ब्याक्टेरियोलोजी (Bacteriology)         जीवाणु सम्बन्धित रोगहरुको उत्पत्ति,विस्तार तथा त्यसको निवारणबारे अध्ययन गर्ने विज्ञान
वोटानी (Botany)         वनस्पतिबारे अध्ययन गर्ने जीव विज्ञानको शाखा
वायोलोजी (Biology)   जीव विज्ञानसम्बन्धी अध्ययन गर्ने विज्ञान

नेपालको शासन पद्धति र सरकार

नेपालको बर्तमान संबिधान
संविधानको परिचय 
संविधान  राज्य  सञ्चालन  सम्बन्धी  सिद्धान्तहरू  यकिन  गर्ने,  राज्य शक्तिकोबाँडफँड गर्ने र नागरिकका हक अधिकारको संरक्षण गर्ने राज्यको मूल  कानून हो । संविधान अन्तरगत संविधानको कार्यान्वयन गर्न अन्य कानूनहरू निर्माण  गरिन्छन्  ।  यसले  शासकको  अधिकारको  सीमा  तोक्नेदेखि  शासकिय  प्रणालीको स्वरूप र संरचना यकिन गर्ने कार्य समेत गर्दछ ।संविधान विभिन्न प्रकारले निर्माण गरिन्छन् । वेलायती अलिखित संविधान परिस्कृत कानूनहरूको संग्रह हो । सामान्य कानूनमा आएको निखार र परिपक्वताले संवैधानिक हैसियत स्वरूप कार्य गर्दछ ।

लिच्छविकाल सम्बन्धी वस्तुगत प्रश्नोत्तर

 • मानगृह कसले निर्माण गरेका थिए ? मानदेव

• नाग र वासुकीको पूजा गर्ने चलन कसले चलाएका हुन् मानदेव 
• मानाङ्क र भोगिनी अंकित मुद्रा प्रचलनमा ल्याउने राजा को हुन् मानदेव
• मानदेवले कति वर्ष शासन गरेका थिए ? ४१ वर्ष
• गुमेको पैत्रिक राज्यमा अधिकार जमाउने लिच्छवी राजा को हुन् नरेन्द्रदेव
• लिच्छवीकालमा धातुको मूर्ति बनाउने ठाउँलार्ई के भनिन्थ्यो ? ताम्रकुट्टशाला
• लिच्छवीकालमा कुन भाषा प्रचलित थियो संस्कृत
नेपालका प्रथम प्रामाणिक राजा को हुन् मानदेव
• स्वयंभूको अभिलेखमा नेपालको कुन राजाको वंशक्रम उल्लेख छ मानदेव 
• नेपालमा सर्वप्रथम कुन राजाको पालामा मुद्राको प्रचलन रहेको इतिहास भेटिएको छ? मानदेव
• नेपालमा सर्वप्रथम अभिलेख राख्ने राजा को हुन् मानदेव

रूसी/अक्टोबर क्रान्ति सम्बन्धी वस्तुगत प्रश्नोत्तर

• रूसी क्रान्ति (अक्टोवर क्रान्ति) सफल भएपछि शासनको नेतृत्व कसले गरे ? लेनिन
• Red Terror भनेको के हो जार निकोलस द्वितियले लिएको दमन नीति
• अक्टोवर क्रान्तिपश्चात झण्डै १३,००० (तेह« हजार) सरकार विरोधी मानिसहरूलाई फाँसी दिइएको घटनालाई विश्व इतिहासमा के का नामले चिनिन्छ ? लाल आतंक
•  रुसी सामन्तवादी व्यवस्थामा जमिन्दार वर्गको सुरक्षाको लागि दिने जमिनलाई के भनिन्थ्यो भेनर
•  जोसेफ स्टालिन कहिले रुसी कम्युनिष्ट पार्टीको महासचिव भए सन् १९२२
• रुसको कम्युनिष्ट सरकारलाई अमेरिकाले कहिले मान्यता दिएको हो ? सन् १९३३
• भि.आइ.लेलीनको मृत्यु कहिले भएको हो ? सन् १९२४ जनवरीमा
• स्टालिन कहिले रुसी सरकारका अध्यक्ष भए सन् १९२४ जनवरीमा

फ्रान्सको राज्यक्रान्ति सम्बन्धी वस्तुगत प्रश्नोत्तर

वस्तुगत प्रश्नोत्तर
• राज्य क्रान्तिको समयमा फ्रान्सको संसदलाई के भनिन्थ्यो स्टेट जनरल
• फ्रान्सको राज्य क्रान्तिताका फ्रान्समा राजा को थिए लुई सोह्रौं
• फ्रान्सको राज्यक्रान्ति कहिले भएको थियो सन् १७८९
• फ्रान्समा लुइ सोह्रौंको समयमा राजाले विना सूचना नागरिकलाई पक्रन सक्थे त्यसलाई के भनिन्थ्यो letter de chachet

• राजा जोनपछि बेलायतका राजा वनाइएका फ्रान्सका राजकुमार को थिए Luis
• विश्व इतिहासमा बौद्धिक क्रान्ति भनेर कुन क्रान्तिलाई चिनिन्छ ? फ्रान्सेली राज्य क्रान्ति
• मानव सभ्यताको इतिहासमा कुन क्रान्तिसँगै आधुनिक युगको सुरुवात भएको पाइन्छफ्रान्सेली राज्यक्रान्ति
• सन् १७६२ मा सामाजिक सम्झौता नामक पुस्तक कसले लेखेका थिए रुसो

औद्योगिक क्रान्ति सम्बन्धी वस्तुगत प्रश्नोत्तर

• १८ औं शताब्दीमा बेलायतबाट सुरु भई युरोप हुँदै बाँकी विश्वभरि नै औद्योगिक क्षेत्रमा भएको रुपान्तरण (Transformation) लाई ........... भनिन्छ । औद्योगिक क्रान्ति
• औद्योगिक क्रान्ति कहिलेबाट सुरु भयो जुन झण्डै १०० वर्षसम्म चलेको थियो ?  अठारौं शताब्दिको मध्यबाट
• कागजको आविष्कार कुन मुलुकबाट भएको मानिन्छ ?  चीन
• बेलायतमा पहिलो रेल कहिले बनेको हो सन् १८०४ मा
• औद्योगिक क्रान्ति बेलायतबाट सर्वप्रथम कहाँ फैलियो ? युरोपका अन्य मूलुकहरूमा
• वाटरफ्रेम नामक मेसिनको आविष्कार कसले गरेका हुन् रिचर्ड आर्कराइट

तराई प्रदेश

• नेपालको सबैभन्दा दक्षिणी भागमा उत्तरदेखि दक्षिणतर्फ होचिदै गएको समुन्द्री सतह ७० मिटर देखि ६०० मिटरसम्मको उचाईसम्म फैलिएको समथर क्षेत्रलाई तराई प्रदेश भनिन्छ ।
• उत्तर दक्षिण फैलावट २५ देखि ३० किलोमिटरसम्म रहेको,
• नेपालको कूल क्षेत्रफलको १७ % भूभाग ओगटेको यस क्षेत्रमा नेपालका २० जिल्ला पर्दछ ।
• नेपालको राष्ट्रिय जनगणना २०६८ को प्रतिवेदन अनुसार नेपालको कूल जनसंख्याको ५०.२७% जनसंख्या बसोबास गर्ने । यस क्षेत्रमा मैथिली,भोजपुरीअवधिथारू जस्ता भाषा समुदायका विभिन्न जातजातिको बसोवास रहेको छ ।
• औद्योगिकव्यापारिक एवं यातायातका दृष्टिले महत्वपूर्ण यस प्रदेशमा नेपालका ठूलाठूला औद्योगिक सहरहरू रहेका छन् ।
• उब्जाउ जमिनको प्रधानताको कारण यस भूमिलाई नेपालको अन्नको भण्डार समेत भन्ने गरिन्छ ।
• यस क्षेत्रलाई मूख्य तराईभावरप्रदेश र भित्री मधेस गरी ३ श्रेणीमा विभाजन गर्न सकिन्छ ।