Friday, January 26, 2018

संयुक्त राष्ट्र संघ

परिचयः
अन्तर्राष्ट्रिय रुपमा शान्ति र सूरक्षा कायम राख्दै राष्ट्रहरुकावीच मैत्रिपूर्ण सम्बन्ध कायम राख्ने पवित्र उद्धेश्यले स्थापना भएको अन्तर्राष्ट्रिय संस्था नै संयुक्त राष्ट्र संघ हो । यस संस्थाको स्थापना राष्ट्रसंघ नामक संस्थाको उत्तराधिकारी संस्थाको रुपमा भएको थियो । प्रथम विश्वयुद्धको समाप्ति पश्चात राष्ट्र«संघको स्थापना भएको र यसले आफ्नो उद्धेश्य मुताविक कार्य गर्न नसकेपश्चात दोस्रो विश्वयुद्ध भएको थियो । जुन राष्ट्रसंघको असफलताको रुपमा समेत लिने गरिन्छ । दोस्रो विश्वयुद्धको समाप्ति पश्चात सन् १९४५ अक्टुवर २४ मा संयुक्त राष्ट्रसंघको स्थापना भएको थियो । संयुक्त राष्ट्र«संघमा शुरुमा हस्ताक्षर गर्ने ५० राष्ट्रहरु र पछि तत्कालै हस्ताक्षर गर्ने पोल्यान्ड समेतका ५१ राष्ट्रलाई UNO का संस्थापक राष्ट्र भनिन्छ । अन्तर्राष्ट्रिय शान्ति नै प्रमूख उद्धेश्य लिएको संस्था संयुक्त राष्ट्र संघको वडापत्रमा १९ अध्याय,१११ दफा र १० हजार शब्दहरु रहेका छन् ।



संयुक्त राष्ट्रसघंमा नेपालले निर्वाह गरेको भूमिकाहरु

-- नेपाल सर्वप्रथम सन् १९६९/७० मा र पुनः १९८८/८९ मा सुरक्षा परिषदमा रही विश्वमा शान्ति स्थापना गर्नमा सघाउ पुर्‍याएको
-- 
विश्व निः शस्त्रीकरण अभियान अन्तर्गन सन् १९८८ मा संयुक्त राष्ट्रसंघीय छैटौं सम्मेलनको उपाध्यक्ष भई काम गरेको,
-- 
पोर्चुगलले गिनी माथि गरेको आक्रमणका विरुद्ध पाँच सदस्यीय आयोगमा रही योगदान पुर्‍याएको,
-- 
लेवनान मध्यपूर्ब ,अफगानिस्तानपाकिस्तान ,सोमालिया ,मोजाम्बिक ,क्यम्वोडिया र हैटी जस्ता देशमा शान्ति सेना पठाई योगदान पुर्‍याएको,
-- 
नामिवियाको  स्वतन्त्रताको लागि गठित उपसमितिको अध्यक्ष भई काम गरेको
-- 
नेपाल आर्थिक तथा सामाजिक परिषदमा सन् २०१२ देखि २०१५ सम्मका लागि निर्वाचित भएको आदि ।

अन्तर्राष्ट्रिय दशक

१९८५१९९४      एसिया तथा प्रशान्त क्षेत्रका लागि यातायात सञ्चार दशक
१९८८१९९७      संस्कृति विकासका लागि विश्व दशक
१९९०१९९९      अफ्रिकाको लागि दोस्रो औद्योगिक विकास दशक
१९९०१९९९      तृतीय निशस्त्रीकरण दशक
१९९०१९९९      राष्ट्रसंघीय अन्तराष्ट्रिय कानुन दशक
१९९१२०००      चौथो राष्ट्रसंघीय विकास दशक
१९९१२०००      अफ्रिकाको लागि दोस्रो यातायात तथा सञ्चार दशक
१९९१२०००      लागू पदार्थ विरुद्धको राष्ट्रसंघीय दशक
१९९५२००४      अन्तर्राष्ट्रिय जनजाति दशक
२००५२०१४      दिगो विकासका लागि अन्र्तराष्ट्रिय शिक्षा दशकदोस्रो अन्तर्राष्ट्रिय आदिवासी दशक
२००५२०१५      जीवनका लागि पानी अन्तर्राष्ट्रिय दशक
१९९७२००६      संयुक्त राष्ट्रसंघीय गरिबी निवारण दशक
२००१२०१०      उपनिवेश उन्मूलनका लागि दोस्रो अन्तर्राष्ट्रिय दशकविश्व बालबालिकाका लागि शान्ति र अहिंसाको संस्कृतिको अन्तर्राष्ट्रिय दशक
२००३२०१२      संयुक्त राष्ट्रसंघीय साक्षरता दशक (सबैका लागि शिक्षा)
२००६ २०१६    प्रभावित क्षेत्रका लागि पुनःस्थापना र दीगो विकास दशक
२००८२०१७      दोस्रोसंयुक्त राष्ट्रसंघीय गरिबीको शिक्षा दशक
२०१०२०२०      संयुक्त राष्ट्रसंघीय मरुभुमि तथा मरुभूमीकरण बिरुद्धको दशक

२०११२०२०      संयुक्त राष्ट्रसंघीय जैविक विविधता दशकसुरक्षित सडकका लागि कार्य दशक

Share this

0 Comment to "संयुक्त राष्ट्र संघ"

Post a Comment