Saturday, January 27, 2018

यूरोप

सम्पूर्ण महादेश उत्तरी गोलाद्र्धमा रहेको यसको अवस्थिति ३६ डिग्रीदेखि ७१ डिग्री उत्तरी अक्षांशसम्म र २० डिग्री पश्चिमी देशान्तरदेखि ६५ डिग्री पूर्वी देशान्तरसम्म फैलिएको छ । 
उत्तर दक्षिण दूरी ४८०० कि.मि. र पूर्व पश्चिम दूरी ६४०० कि.मि. रहेको यो महादेशमा ४७ राष्ट्रहरू रहेका छन् जस मध्ये १८ भूपरिबेष्ठित राष्ट्रहरू समेत पर्दछन् । 
प्रमुख तालहरू भ्यानेर्न, भेइटर्न, ओनेगा, ल्याडोगा 
महादेशको सबैभन्दा ठूलो ताल क्यास्पियन सागर (यूरोप र एसियामा अवस्थित यसको क्षेत्रफल ३,७१,००० वर्ग कि.मि. रहेको छ) 
यूरोप महादेशको सबैभन्दा ठूलो देश रुस र सानो (बिश्वकै) देश भ्याटिकन सिटी हो । जनसंख्याको आधारमा ठूलो देश जर्मनी हो । 
यूरोपमा पर्ने दोहोरो भूपरिबेष्ठित राष्ट्र लिचेस्टाइन हो । यसलाई अष्ट्रिया र स्वीजरल्यान्डले घेरेका छन् ।
यूरोप महादेशको पूर्वमा एशिया, पश्चिममा आन्द्र महासागर, उत्तरमा सुमेरू महासागर र दक्षिणमा भूमध्यसागर पर्दछ । 

यस महादेशले कूल पृथ्वीको क्षेत्रफलको २ प्रतिशत र भूसतहको ६.८२ प्रतिशत ओगटेको छ । 
प्रमुख नदीहरू डेन्युव, राइन, भोल्गा, युराल, डन, नेइपर हुन् । 
यूरोप महादेशका प्रमुख सहरहरू : मस्को (रुस), लण्डन, म्यानचेस्टर (बेलायत), पेरिस (फ्रान्स), बोन, बर्लिन, म्युनिख (जर्मनी), बर्न  (स्वीट्जरल्यान्ड), भियना (अस्ट्रिया), वार्सा (पोल्यान्ड), रोम (इटली), मेड्रिड, वार्सिलाना (स्पेन), ओस्लो (नर्वे), स्टकहोम (स्वीडेन) आदि
महादेशको सबैभन्दा अग्लो स्थान माउण्ट एल्बु्रज (रूसमा पर्दछ र ५६३३ मिटर) 
महादेशको सबैभन्दा होचो स्थान क्यास्पियन सागर (यो समुद्र सतहबाट ९२ फिट गहिरो छ) 
विश्वकै सबैभन्दा ठूलो हिउँ गुफा अष्ट्रियामा रहेको इसरी सेनवेल्ट केभ 
प्रमुख उद्योगहरू खाद्यान्न, फलफूल, मेशिनरी, मत्स्य, वनजन्य उद्योग आदि ।


Share this

0 Comment to "यूरोप"

Post a Comment