Friday, January 26, 2018

ब्रह्माण्ड सम्बन्धी वस्तुगत प्रश्नोत्तर–२

बृहष्पतीको उपग्रह कतिवटा रहेका छन् ? − ६७
क्षेत्रफलको हिसाबले सबैभन्दा ठूलो बृहष्पती हो भने दोस्रो ठूलो ग्रह कुन हो ? − शनी
सबैभन्दा बढी उपग्रह हुने ग्रह कुन हो ? – बृहष्पती
ग्रहमध्ये सबैभन्दा सानो ग्रह कुन हो ? − बुध
बिहान र बेलुका सूर्यसँगै नजिक रहने भएकोले कुन दुई ग्रहहरूलार्ई Morning Star वा Evening Star  का रूपमा - चिनिन्छ ? − बुध, शुक्र
सम्पात अथवा दिन र रात बराबर हुने दिन कुनकुन हुन् ? − २१ मार्च र २३ सेप्टेम्बर
पृथ्वीलार्ई सूर्यको परिक्रमा गर्न कति समय लाग्छ ? − ३६५ दिन ५ घण्टा ४८ मिनेट ४६ सेकेन्ड
पृथ्वीलार्ई आफ्नो अक्षमा घुम्न कति समय लाग्छ ? − २३ घण्टा ५६ मिनेट ४.०९ सेकेन्ड
अरुण ग्रह कस्तो रङको रहेको छ ? − हरियो
अरुण ग्रह कहिले पत्ता लागेको हो ? − सन् १७८१

प्रकाशले १ सेकेन्डमा कति दूरी पार गर्न सक्दछ ? − ३ लाख कि.मि.
सूर्यले आकाश गंगाको तारा पुञ्जीय केन्द्रको एक पटक परिक्रमा गर्न कति समय लाग्दछ ? − २५ करोड वर्ष 
चन्द्रमाको प्रकाश पृथ्वीमा आउन कति समय लाग्छ ? − १.३ सेकेन्ड
सौर्यमन्डलको सबैभन्दा ठूलो ग्रह कुन हो ? − बृहस्पती
निकोलस कोपर्निकस कुन सिद्धान्तसँग सम्वन्धित छन् ? − सूर्य केन्द्रित सिद्धान्त
पृथ्वीले सूर्यलार्ई परिक्रमा गर्ने गति कति रहेको छ ? − ३० km/s
पृथ्वीकोभन्दा सूर्यको आकर्षण शक्ति कति गुणा बढी छ ? − २८ गुना
सूर्यलार्ई हेर्न मिल्ने यन्त्र कुन हो ? − हेलिस्कोप
उपग्रह नभएको ग्रहहरू कुनकुन हुन् ?  − बुध र शुक्र 
वरुणका कतिवटा उपग्रह रहेका छन् ? − १४ वटा
रातो ग्रह भन्नाले कुन ग्रहलार्ई चिनिन्छ ?        − मंगल 
क्षेत्रफलको हिसाबले सबैभन्दा ठूलो ग्रह  कुन हो ? − बृहष्पती

एउटा रासी पार गरी अर्को रासीमा पुग्न पृथ्वीलाई कति समय लाग्छ ? − १ महिना

Share this

0 Comment to "ब्रह्माण्ड सम्बन्धी वस्तुगत प्रश्नोत्तर–२"

Post a Comment