Friday, January 26, 2018

ब्रह्माण्ड सम्बन्धी वस्तुगत प्रश्नोत्तर–३

चन्द्र ग्रहण लाग्न तलकामध्ये कुन अवस्था आवश्यक पर्दछ ?  − सूर्य र चन्द्रमाको बीचमा पृथ्वी 
पृथ्वीले सूर्यको परिक्रमा गर्ने बाटोलार्ई के भनिन्छ ?       कक्ष 
सूर्य एक ठूलो .........हो । − तारा
कुनै ग्रहलार्ई आफ्नो अक्षमा एक फन्को घुम्न लागेको समयलार्ई त्यस ग्रहको एक दिन भनिन्छ भने कुनै ग्रहले सूर्यलार्ई एकपटक घुम्न लागेको समयलार्ई त्यस ग्रहको कति समय जनाउँछ ? − एक वर्ष
सन् २००६ सेप्टेम्वर ८ मा यम (Pluto) लार्ई ग्रहहरूको सूचीबाट हटाइएपछि सूर्यबाट सबैभन्दा टाढा रहेको ग्रह कुन हो ? – वरुण
पृथ्वी र चन्द्रमा सामान्यतः कति डिग्री कोणमा ढल्किएका हुन्छन् ? − ५.१५ डिग्री
सौर्य मण्डलको सबैभन्दा ठूलो सदस्य कुन हो ? − सूर्य
सूर्यमा सबैभन्दा बढी कुन तत्व रहेको छ ?  − हाइड्रोजन  

पृथ्वीको आफ्नो अक्षमा हुने परिभ्रमण र कक्षमा हुने परिक्रमण, ऋतु  परिवर्तन, पृथ्वीमा पाइने पानी र चट्टानको संरचना सम्बन्धी विषय भूगोलको कुन शाखामा अध्ययन गरिन्छ ? − भौतिक भूगोल
पृथ्वीबाट सबैभन्दा नजिकको तारा कुन हो ? − सूर्य
मानिसको उत्पत्ति, विकास र प्रभुत्व कुन महाकल्पमा भएको थियो ?  − नवजीव महाकल्प
डाइनोसरको विनाश कुन महाकल्पको कुन कालमा भएको थियो ? − मध्यजीव महाकल्पको क्रिटेसियम कालमा 
चन्द्रमाको व्यास कति छ ? − ,४५९ कि.मि. 
पृथ्वीबाट सबैभन्दा नजिकको तारा सूर्य हो भने सूर्यबाट सबैभन्दा नजिकको तारा कुन हो ? − सेन्ताउरी (सिरियस) 
वृहस्पति ग्रहलार्ई आफ्नो अक्षमा एक चक्कर लगाउन कति समय  लाग्छ ? − ९ घण्टा ५५ मिनेट ३० सेकेण्ड
पहेलो ग्रह भनेर कुन ग्रहलार्ई चिनिन्छ ? − शनि
डाइनोसरको विकास कुन कालमा भएको थियो ? − मध्यजीव महाकल्पको जुरेसिक कालमा

पृथ्वीको कुन क्षेत्रमा वढी जस्तो उल्का पिन्ड खस्ने गर्दछन् ? − ध्रुवीय क्षेत्रमा

Share this

0 Comment to "ब्रह्माण्ड सम्बन्धी वस्तुगत प्रश्नोत्तर–३"

Post a Comment