Showing posts with label नेपालको भूगोल. Show all posts
Showing posts with label नेपालको भूगोल. Show all posts

Friday, January 26, 2018

तराई प्रदेश

• नेपालको सबैभन्दा दक्षिणी भागमा उत्तरदेखि दक्षिणतर्फ होचिदै गएको समुन्द्री सतह ७० मिटर देखि ६०० मिटरसम्मको उचाईसम्म फैलिएको समथर क्षेत्रलाई तराई प्रदेश भनिन्छ ।
• उत्तर दक्षिण फैलावट २५ देखि ३० किलोमिटरसम्म रहेको,
• नेपालको कूल क्षेत्रफलको १७ % भूभाग ओगटेको यस क्षेत्रमा नेपालका २० जिल्ला पर्दछ ।
• नेपालको राष्ट्रिय जनगणना २०६८ को प्रतिवेदन अनुसार नेपालको कूल जनसंख्याको ५०.२७% जनसंख्या बसोबास गर्ने । यस क्षेत्रमा मैथिली,भोजपुरीअवधिथारू जस्ता भाषा समुदायका विभिन्न जातजातिको बसोवास रहेको छ ।
• औद्योगिकव्यापारिक एवं यातायातका दृष्टिले महत्वपूर्ण यस प्रदेशमा नेपालका ठूलाठूला औद्योगिक सहरहरू रहेका छन् ।
• उब्जाउ जमिनको प्रधानताको कारण यस भूमिलाई नेपालको अन्नको भण्डार समेत भन्ने गरिन्छ ।
• यस क्षेत्रलाई मूख्य तराईभावरप्रदेश र भित्री मधेस गरी ३ श्रेणीमा विभाजन गर्न सकिन्छ ।

पहाडी प्रदेश

• तराई प्रदेशको उत्तर तथा हिमाली प्रदेशको दक्षिणमा समुद्री सतहबाट करिब ६०० मिटर देखि ३००० मिटरसम्मको उचाईमा झन्डै ७५ देखि १२५ कि.मि. सम्मको चौडाई भित्र पूर्व पश्चिम फैलिएको छ ।
• नेपालका ३९ जिल्लाहरू र पाँचै विकास क्षेत्रका सदरमुकामहरू पर्ने ।
• नेपालको राष्ट्रिय जनगणना २०६८ को प्रतिवेदनका अनुसार कूल जनसंख्याको ४३.०१% प्रतिशत जनता पहाडी प्रदेशमा बस्छन् ।

• नेपालको कूल क्षेत्रफलको ६८ % भूभाग ओगटेको,
• कृषि पेशा नै यहाँको प्रमुख पेशा,
• भित्री पहाड (मध्य भूमि)महाभारत लेक तथा शिवालिक श्रेणी गरी ३ उपक्षेत्रमा बाँड्न सकिन्छ ।
• यहाँ ब्राम्हणक्षेत्रीकिराँतगुरूबमगरतामाबराईलिम्बू आदि जातजातिको बसोवास स्थल रहेको छ ।

हिमाली प्रदेश

• समुद्री सतहको करिब ३००० मिटरदेखि ८८४८ मिटरको उचाई तथा तिब्बतको दक्षिण सिमानासम्म फैलिएको भूभागलाई हिमाली प्रदेश भनिन्छ ।
• उत्तरदक्षिण २५ कि.मि. देखि ५० कि.मि.सम्मको चौडाईमा फैलिएको यो प्रदेशले नेपालको कूल क्षेत्रफलको १५ % भूभाग ओगटेको छ ।
• नेपालको राष्ट्रिय जनगणना२०६८ को प्रतिवेदनका अनुसार नेपालको कूल जनसंख्याको ६.७३% जनता हिमाली क्षेत्रमा बसोबास गर्दछन् ।
• नेपालको १६ जिल्लाको अधिकांश भूभाग यही प्रदेशमा पर्दछ भने विश्वको सर्वोच्च शिखर सगरमाथा लगायत प्रमुख हिमशिखरहरू यसै क्षेत्रमा पर्दछन् ।

• पत्रे चट्टानद्वारा निर्मित यो प्रदेश पूर्वमा खुम्चिएको र पश्चिममा फैलिएको छ ।
• भूबनौटको हिसाबले यो हिमाली प्रदेशलाई पनि मुख्य हिमालयभित्री हिमालय र सीमान्त हिमालय गरी तीन श्रेणीमा विभाजन गरिएको छ ।

नेपालको भौगोलिक अवस्थिति

  • ·         नेपाल एक भूपरिवेष्ठित राष्ट्र हो । यो दक्षिण एसियामा विश्वका २ ठूला शक्ति सम्पन्न राष्ट्रहरू भारत र चीनको बीचमा रहेको छ । 
  • ·         नेपाल २६ डिग्री २२ मिनेट उत्तरी अक्षांशदेखि ३० डिग्री २७ मिनेट उत्तरी अक्षांशको बीचमा र ८० डिग्री ४ मिनेट पूर्वी देशान्तरदेखि ८८ डिग्री १२ मिनेट पूर्वी देशान्तरको बीचमा रहेको छ । 
  • ·         कूल क्षेत्रफल १४७१८१ वर्ग कि.मि. (५६,८२७ वर्ग माइल) रहेको नेपालले विश्वको कूल भूभागको ०.०३% र एसिया महादेशको ०.३% भू भाग ओगटेको छ । नेपालको पूर्व पश्चिम लम्बाई ८८५ कि.मि. छ । उत्तर दक्षिण चौडाई अधिकतम २४१ कि.मि.न्यूनतम १४५ कि.मि. र सरदर चौडाई १९३ कि.मि. रहेको छ । 
  • ·         नेपालको प्रमाणिक समय गौरीशंकर हिमाललाई काटेर गएको ८६ डिग्री १५ मिनेट पूर्वी देशान्तर रेखाका आधारमा निर्धारण गरिएको छ ।