Showing posts with label नेपालको शासन पद्धति र सरकार. Show all posts
Showing posts with label नेपालको शासन पद्धति र सरकार. Show all posts

Friday, January 26, 2018

नेपालको शासन पद्धति र सरकार

नेपालको बर्तमान संबिधान
संविधानको परिचय 
संविधान  राज्य  सञ्चालन  सम्बन्धी  सिद्धान्तहरू  यकिन  गर्ने,  राज्य शक्तिकोबाँडफँड गर्ने र नागरिकका हक अधिकारको संरक्षण गर्ने राज्यको मूल  कानून हो । संविधान अन्तरगत संविधानको कार्यान्वयन गर्न अन्य कानूनहरू निर्माण  गरिन्छन्  ।  यसले  शासकको  अधिकारको  सीमा  तोक्नेदेखि  शासकिय  प्रणालीको स्वरूप र संरचना यकिन गर्ने कार्य समेत गर्दछ ।संविधान विभिन्न प्रकारले निर्माण गरिन्छन् । वेलायती अलिखित संविधान परिस्कृत कानूनहरूको संग्रह हो । सामान्य कानूनमा आएको निखार र परिपक्वताले संवैधानिक हैसियत स्वरूप कार्य गर्दछ ।