Showing posts with label ब्रह्माण्ड सम्बन्धी जानकारी. Show all posts
Showing posts with label ब्रह्माण्ड सम्बन्धी जानकारी. Show all posts

Friday, January 26, 2018

ब्रह्माण्ड सम्बन्धी वस्तुगत प्रश्नोत्तर–६

सूर्यग्रहण र चन्द्रग्रहण कुन कुन किनाराबाट लाग्न सुरु गर्दछ ? − सूर्यग्रहण पश्चिमबाट र चन्द्रग्रहण पूर्वबाट 
भूगोलमा ज्वारीय सिद्धान्त अन्तर्गत सूर्य ग्यासको विशाल पुञ्ज थियो भनी सर्वप्रथम (सन् १७४५ मा) प्रस्तुत गर्ने विद्वान को हुन् ? − बेलायतका जिन्स
चीनले पहिलो पटक चन्द्रमाको अनुसन्धान गर्न प्रक्षेपण गरेको रोवर्टको नाम के दिएको छ ? − चन्चले खरायो युटु 
चन्द्र धरातलमा यान पठाउने चीन कति औं मुलुक हो ? − तेस्रो
अन्तरिक्षमा सूर्यलाई परिक्रमा गर्ने क्षुद्र ग्रहको पेटी कुन कुन ग्रहहरूको वीचमा रहेको छ ? − मंगल र वृहस्पति

सूर्य, वृहस्पति, शनि, अरुण र वरुणमा पाइने मुख्य तत्व कुन कुन हुन् ? − हाइड्रोजन र हिलियम
 – सप्तर्षी तारा समूहलार्ई अंग्रेजी भाषामा के नामले चिनिन्छ ?       − Great Bear

ब्रह्माण्ड सम्बन्धी वस्तुगत प्रश्नोत्तर–५

अमेरिकी अन्तरिक्ष यान नासाको यान क्यूरियो सिटीले कुन ग्रहको अध्ययन र अन्वेषण गरिरहेको छ ? − मंगल 
माटो विना समुन्द्रमा खेती गरिने पद्दतिलाई के भनिन्छ ? − हाइड्रोपोनिक्स
एक विशाल ग्यासीय निहारिकाबाट सौर्य मण्डलको उत्पत्ति भएको र त्यसैबाट पृथ्वीको उत्पत्ति भएको हो भनी मत राख्ने विद्वान को हुन् ? − लप्लस 
अरुण ग्रहका कति वटा उपग्रह रहेका छन ? − २७ वटा
सूर्यबाट सबैभन्दा टाढा रहेको वरुण ग्रहको रंग कस्तो छ ? − आकाशे निलो
सबैभन्दा चम्किलो तारा लुब्धकलार्ई अंग्रेजीमा के भनिन्छ ? − Dog Star
प्रकाश वर्ष के हो ? − प्रकाशले एक वर्षमा यात्रा गर्ने दूरी
ज्योतिषशास्त्र अनुसार नक्षत्र कति वटा छन ? − २७ वटा 

ब्रह्माण्ड सम्बन्धी वस्तुगत प्रश्नोत्तर–४

प्रतिकूल दिशामा घुम्ने ग्रह कुन हो ? − वरुण
ग्रहको गतिको नियम खोज गर्ने वैज्ञानिक को हुन ? − जोहान्स केप्लर
पहिलो ठूलो ग्रह वृहस्पति, दोस्रो ठूलो शनि, तेस्रो ग्रह कुन हो ? – अरुण
फावोस र डिमोस नामका दुई उपग्रह कुन ग्रहका हुन् ? − मंगल
बुधलार्ई सूर्यको परिक्रमा गर्न कति समय लाग्छ ? − ८८ दिन
शनि ग्रहका हालसम्म पत्ता लागेका उपग्रह संख्या कति छन ?  − ६२ वटा
– “डारफिल पिकके हो ? − चन्द्रमाको अग्लो चुचुरो 
ग्रहहरूको राजा भनेर कुन ग्रहलार्ई चिनिन्छ ? − वृहस्पती

ब्रह्माण्ड सम्बन्धी वस्तुगत प्रश्नोत्तर–३

चन्द्र ग्रहण लाग्न तलकामध्ये कुन अवस्था आवश्यक पर्दछ ?  − सूर्य र चन्द्रमाको बीचमा पृथ्वी 
पृथ्वीले सूर्यको परिक्रमा गर्ने बाटोलार्ई के भनिन्छ ?       कक्ष 
सूर्य एक ठूलो .........हो । − तारा
कुनै ग्रहलार्ई आफ्नो अक्षमा एक फन्को घुम्न लागेको समयलार्ई त्यस ग्रहको एक दिन भनिन्छ भने कुनै ग्रहले सूर्यलार्ई एकपटक घुम्न लागेको समयलार्ई त्यस ग्रहको कति समय जनाउँछ ? − एक वर्ष
सन् २००६ सेप्टेम्वर ८ मा यम (Pluto) लार्ई ग्रहहरूको सूचीबाट हटाइएपछि सूर्यबाट सबैभन्दा टाढा रहेको ग्रह कुन हो ? – वरुण
पृथ्वी र चन्द्रमा सामान्यतः कति डिग्री कोणमा ढल्किएका हुन्छन् ? − ५.१५ डिग्री
सौर्य मण्डलको सबैभन्दा ठूलो सदस्य कुन हो ? − सूर्य
सूर्यमा सबैभन्दा बढी कुन तत्व रहेको छ ?  − हाइड्रोजन  

ब्रह्माण्ड सम्बन्धी वस्तुगत प्रश्नोत्तर–२

बृहष्पतीको उपग्रह कतिवटा रहेका छन् ? − ६७
क्षेत्रफलको हिसाबले सबैभन्दा ठूलो बृहष्पती हो भने दोस्रो ठूलो ग्रह कुन हो ? − शनी
सबैभन्दा बढी उपग्रह हुने ग्रह कुन हो ? – बृहष्पती
ग्रहमध्ये सबैभन्दा सानो ग्रह कुन हो ? − बुध
बिहान र बेलुका सूर्यसँगै नजिक रहने भएकोले कुन दुई ग्रहहरूलार्ई Morning Star वा Evening Star  का रूपमा - चिनिन्छ ? − बुध, शुक्र
सम्पात अथवा दिन र रात बराबर हुने दिन कुनकुन हुन् ? − २१ मार्च र २३ सेप्टेम्बर
पृथ्वीलार्ई सूर्यको परिक्रमा गर्न कति समय लाग्छ ? − ३६५ दिन ५ घण्टा ४८ मिनेट ४६ सेकेन्ड
पृथ्वीलार्ई आफ्नो अक्षमा घुम्न कति समय लाग्छ ? − २३ घण्टा ५६ मिनेट ४.०९ सेकेन्ड
अरुण ग्रह कस्तो रङको रहेको छ ? − हरियो
अरुण ग्रह कहिले पत्ता लागेको हो ? − सन् १७८१

Thursday, January 25, 2018

ब्रह्माण्ड सम्बन्धी वस्तुगत प्रश्नोत्तर–१

·         सूर्यको सबैभन्दा नजिकको ग्रह कुन हो ?  बुध
·         बरुण ग्रह पत्ता लगाउने कुन खगोलशास्त्री हुन   जोहन गाले
·         यम ग्रहलार्ई ग्रहको सूचीवाट कहिले हटाइयो   सन्  2006
·         Shooting Star  भन्नाले केलार्ई बुझिन्छ ?    उल्का पिन्ड
·         कुनै वस्तु पृथ्वीतिर खस्दा सरदर कुन दरले खस्छ  ९.८ मिटर प्रति सेकेन्ड
·         पेरिहेलिया भनेको के हो ?   सूर्यबाट नजिक रहेको दिन
·         प्लूटो(यम)लाई ग्रहको सूचीबाट हटाए पश्चात के भनिन्छ  प्लूटोइड (Plutoid)
·         सूर्यको व्यास कति रहेको छ   १३,४८,४४६ कि.मि. 
·         अमेरिकी अन्तरिक्ष संस्था नासा (NASA) का अनुसार शनि ग्रहका कतिवटा उपग्रह छन्   जम्मा ६२ वटा